Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

कुमारी बैँकको सस्थापक सेयर बिक्रीमा

कुमारी बैँकको सस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । कुमारी बैंकको साढे ३८ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी पेगी पाण्डेको ३३ हजार ३८६ कित्ता र तर्कबहादुर बुढाथोकीको ५ हजार २६४ कित्ता सेयर छन्। 

    images
    images
    images

    बिक्रीमा राखिएको संस्थापक सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय वा काठमाडौँको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्। 

    सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक सेयरधनीहरु कुनै खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij