Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

चेसको दौडमा कमल श्रेष्ठको अग्रता

चेसको दौडमा कमल श्रेष्ठको अग्रता

  • ललितपुर । ललितपुर जिल्ला खेलकुद बिकास समितिद्धारा आयोजित बृहत् खेलकुद महोत्सव २०७९ अन्तर्गत बुद्धिचाल खेलको अन्तिम खेल आज सम्पन्न भएको छ । ललितपुर जिल्ला बृहत् खेलकुद महोत्सवमा जम्मा १३ खेलहरु सञ्चालन भएको छ । 

    images
    images
    images

    ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सो खेल भएको हो । आज सम्पन्न भएका ६ चरणको खेलमा ललितपुर महालक्ष्मी नगर पालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले जिल्ला प्रथम बन्न सफल भएका छन् भने सुरोज महर्जन दोश्रो स्थानमा रहन सफल भएका छन् । त्यस्तै राजन पुरी तेस्रो स्थानमा रहेका छन् । 

    लगतै उक्त खेलमा ललितपुर महानगरपालिकाका प्रदेश च्याम्पियन रत्न ब्यञ्जनकार चौथो हुन पुगेका छन् । प्रतियोगितामा सामान अंक प्राप्त गरेका तीन जनामध्ये ललितपुर महानगरपालिकाका अनरेटेड सुरोज श्रेष्ठले उत्कृष्ट खेल प्रस्तुत गर्दै पाँचौ , शिरोमणि बज्राचार्य छैटौं र सानुभाई महर्जन सातौं स्थानमा रहन सफल भएका छन् । 

    भोलि १३ जिल्लाका प्रतिनिधि सहित बाग्मती प्रदेश बुद्धिचाल संघको दोस्रो साधारणसभा एवं कार्य समितको चयन हुने भएको छ । सबै प्रदेशमा संघहरुलाई फाल्गुन २५ गते भित्र पनि साधारणसभा सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको प्रदेश संघ तदर्थ समितिका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी गराएका छन् । 

    331247737_113114518390206_6217304933221344999_n.jpg

    334984425_239270421857068_4127552894364585338_n.jpg

    332573830_508246981299578_2864394879686003966_n.jpg

    331279987_754815302617976_7564579686333232169_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij