
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ ।
लुम्बिनीले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी घिमिरेलाई सिइओको रूपमा नियुक्त गरेकोमा गर्व व्यक्त गरेको छ ।
पूर्वक्यान सिइओसमेत रहेकी घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij