
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । ललितपुर जिल्ला खेलकुद बिकास समितिद्वारा आयोजित बृहत् खेलकुद महोत्सव २०७९ अन्तर्गत दुई दिने जिल्ला ब्यापी र्यापिड बुद्धिचाल खेल प्रारम्भ भएको छ ।
बाग्मति प्रदेश सभाषद् रामकृष्ण चित्रकार र ललितपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिनोद महर्जनले संयुक्त रुपमा आरम्भ गरेको खेलमा कुल २२ जना राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको थियो । आज सम्पन्न भएको तीन चरणको खेलमा सतप्रतिशत अंक हासिल गरी पहिलो स्थानमा रहन सफल भएका खेलाडीहरुमा पूर्व नेपाल तेश्रो राजन पुरी, बाग्मती प्रदेश च्याम्पियन रत्न ब्यञ्जनकार र सुरज श्रेष्ठ रहेका छन् ।
ललितपुर जिल्ला बुद्धिचाल संघको ब्यबस्थापनमा सुरु भएको सो खेलमा राष्ट्रिय खेलाडी बिजय महर्जन, कमल श्रेष्ठ, सुरोज महर्जन, उपेन्द्र देसार, प्रशान्त चौधरी, शिरोमणि बज्राचार्य र सानुभाई महर्जन दोश्रो स्थानमा रहन सफल भएका छन् । ललितपुर जिल्ला बृहत् खेलकुद महोत्सवमा जम्मा १३ खेलहरु सञ्चालन भइरहेको छ ।
प्रतियोगिताका संयोजक बिनोद महर्जनले बृहत् समापन समारोहमा सबै खेलका बिजेताहरुलाई नगद, मेडल एवं प्रमाणपत्र बितरण गर्ने जानकारी गराए । जिल्ला खेलकुद बिकास समिति भवनमा बाँकी खेलहरु भोलि सम्पन्न हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij