
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । आज बबरमहलमा नेकपा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले तोकिएको समयमै निर्वाचन हुने बताएका हुन् ।
उनले चुनाव हुँदैन भनेर भ्रम सिर्जना गर्न खोजेकोसमेत आरोप लगाए । ‘अहिले चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु भ्रममा नपर्नुस्, वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij