
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । काठमाडौंको कोटेश्वरमा सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नम्बर पहिचान नभएको सवारीसाधनले गए राति अन्दाजी ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा उनको महाँकालस्थित मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । प्रहरी प्रभाग कोटेश्वरले दुर्घटनापछि सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij