
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला रुकुम सानीभेरी गाउँपालिका वडा नं. २ स्थाई घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ५ सामाखुसी बस्ने ३१ वर्षीय दलविर वि.क रहेका छन् ।
उनले वैदेशिक रोजगारीका लागी दुबई पठाईदिने भन्दै रुकुम पश्चिम चौरजहरी नगरपालिका वडा नं.८ बस्ने ३० वर्षीय भिम प्रकाश बुढाथोकि सहितलाई रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
वि.कले दुबैमा मासिक ६० हजार तलब रहेको सेक्युरिटीगार्डमा काम लगाइदिने बिस्वासमा प्रतिव्यक्ति ३ लाखका दरले ६ लाख लिएर फरार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसीबाट फागुन १० गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारवाहीका लागी उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij