
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौँ । मोरङमा यात्रुबहाक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो । साइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुखले जानकारी दिएका छन् । घाइते हुनेमा बेलबारी–२ का १८ वर्षीय राम बस्नेत रहेका छन् ।
बस्नेतको भने उपचार भइरहेको छ । बससहित स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जी बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij