
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासङ्घले आज सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ ।
यता आज चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ कायम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij