Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

शिवरात्रिका मुख्य पाहुना शङ्कराचार्य !

शिवरात्रिका मुख्य पाहुना शङ्कराचार्य !

  • काठमाडौं । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौं आइपुग्दै छन् । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उनी काठमाडौँ आउन लागेका हुन् । 

    images
    images
    images

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिको अघिल्लो दिनदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शङ्कराचार्य पूजन महोत्सव कार्यक्रममा सहभागी हुन शङ्कराचार्य बिहीबार पशुपतिनाथ आइपुग्ने जानकारी दिए ।

    images

    कोषका अनुसार हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शङ्कराचार्यमध्ये उहाँ सबैभन्दा वरिष्ठ व्याख्याता हुन् । उनी आठौँ शताब्दीबाट सुरु भएको मानिने जगतगुरु शङ्कराचार्यका १४५ औँ उत्तराधिकारी रहेको कोषले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij