Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

आन्दोलनको आवरणमा पसल लुटपाट गर्ने एक दर्जन समातिए

आन्दोलनको आवरणमा पसल लुटपाट गर्ने एक दर्जन समातिए

  • काठमाडौं । गोंगवु र माछापोखरी क्षेत्रमा लुटपाट र दंगा मच्चाउने कार्यमा संलग्नताको आरोपमा १२ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक सुरक्षा अधिकारीका अनुसार हिजो लोत्से मलमा लुटपाट गर्ने, आगजनी र तोडफोडमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरी  हिरासतमा राखिएको छ ।

    images
    images
    images

    पक्राउ परेका उनीहरुमाथि अनुसन्धान अघि बढाउन थुनामा राख्ने अनुमतीका निम्ति आज जिल्ला अदालत काठमाडौंमा लगिँदै छ । ती प्रहरी अधिकारीका अनुसार अनुसन्धानपछि अपराधको प्रकृति अनुसार फौजदारी कसुर अन्तर्गत आगजनी, लुटपाट, कुटपिट र तोडफोडमा मुद्दा चलाइने भएको छ ।

    images

    पक्राउ परेका १२ जना बाहेक अराजकता फैलाउने अन्य व्यक्तिको पहिचान गरी पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ । आन्दोलनका नाममा उदण्ड समूहले प्रहरीको दुईवटा भ्यान समेत जलाएको थियो । यस्तै दुईवटा प्रहरी पोष्टमा ढुंगामुढा गरी क्षति पुर्याएका थिए । 

    ढुंगामुढाका कारण प्रहरी समेत घाइते भएका छन् । गोंगबु क्षेत्रमा सोमबार भएको झडप, आगजनी र तोडफोडको घटनापछि प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । विष्टको ठाउँमा प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij