
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौं । सरकार र मजदुर संगठनहरुबीच पाँच बुँदे सहमति भएको छ । आज (मंगलबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्तामा ५ बुँदे सम्झौता भएको हो । आन्दोलनकारी र मन्त्रालयबीच भएको सम्झौताअनुसार आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।
यातायात मजदुरले आज काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् । सवाारी बन्द फिर्तासँगै अहिले काठमाडौं उपत्यकाको सडकमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । आज बिहान केही समय सवारी नचल्दा धेरै यात्रुले सास्ती बेहोहर्नुपरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij