
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौं । बसको ठक्करबाट महिलाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर यत्तिखेर तनावग्रस्त बनेको छ । आज दिउँसो मंगलगढी चोकमा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा प्रहरीले ४ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।
हिजो जाजरकोटकी नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । सो क्रममा उनका आफन्त र स्थानीयले बिहानैबाट आन्दोलन गरेका थिए । आन्दोलनले उग्र रुप लिएपछि अहिले त्यहाँ १३० भन्दा बढी प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij