Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

नेपाल बङ्गलादेशसँग पराजित

नेपाल बङ्गलादेशसँग पराजित

  • नेपाललाई ३–० ले पराजित गर्दै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशको कमल मुस्तफा रंगशालामा बिहीबार सम्पन्न फाइनलमा जित दिलाउन घरेलु टिमका सहिदा अख्तर रिपा, कप्तान सामसुनहर र मह्फुजा खातुनले गोल गरे ।

    images
    images
    images

    बंगलादेशले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा सहिदा अख्तर रिपाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् ।

    पहिलो हाफको इन्जुरी समयमा कप्तान सामसुनहर जुनियरले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् । यस्तै, खेल सकिन चार मिनेट बाकी रहदा मह्फुजा खातुनले गोल गरेपछि बंगलादेशले ३–० को जित पक्का गर्‍यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij