Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

नक्कली रुपैयाँसहित दुई जना पक्राउ

नक्कली रुपैयाँसहित दुई जना पक्राउ

  • काठमाडौँ । नेपाली नक्कली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैँतीस  हजार नक्कली रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

    images
    images
    images

    पक्राउ पर्नेहरूमा सिराहा जिल्लास्थित लहान नगरपालिका वडा नम्बर  १९ स्थायी घर भएका वर्ष ३० का मोहम्मद ओसिन र  सोही नगरपालिका १० स्थायी घर भएका  २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।

    images

    उनीहरूको साथबाट चार सय पैँतीस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुई थान मोबाइल सेट, ७ थान सिम कार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा  बुझाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij