Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर सेन्टरद्धारा श्रवण यन्त्र वितरण

नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर सेन्टरद्धारा श्रवण यन्त्र वितरण

  • काठमाडौँ । नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर सेन्टरले श्रवण समस्या भएकाहरुलाई श्रवण यन्त्र वितरण गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित एक कार्यक्रम गरी सो सेन्टरले उक्त यन्त्र हस्तान्तरण गरेको हो । 

    images
    images
    images

    नेपालका प्रतिष्ठित गैर सरकारी संगठन–श्रुती संस्था तथा ईयर केयर नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा. अभिनाश पवार रहेका थिए । उक्त कार्यक्रममा १४ जना श्रवण शक्ति कमजोर भएकाहरुलाई श्रवण यन्त्र वितरण गरिएको हो । उक्त यन्त्रको बजार मूल्य २० देखि ३५ हजार रुपैयाँ पर्ने आयोजकले बताएको छ । उपत्यका केन्द्रित भई गरिएको यो कार्यक्रम आगामी दिन देशभरका अन्य जिल्लाहरुमा पनि गर्ने योजना रहेको प्रमुख अतिथि पवारले बताए ।

    images

    कार्यक्रममा डा. मिलन महर्जन, निर्देशक–वरिष्ठ अडियोलोजी रजत गौतम र श्रती संस्थका अध्यक्ष निता केशरी भट्टराईलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    329075466_973728917125074_8044275817106329579_n.jpg

    328545344_635868477990344_1729570268339583993_n.jpg

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij