
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौं । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पूर्व प्रधानसेनापति कटवाल गत मंगलबारदेखि आईसीयूमा रहेको पुष्टि गरे।
मिर्गौलाको समस्याका कारण उनले नियमित डायलासीस गराउँदै आएका थिए । डायलासीसको क्रममा भर्ना गर्नुपर्ने देखिएपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्ने निर्णय गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले २०६५ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । दाहाल सरकारले बर्खास्तको निर्णय गरेपनि तत्कालीन राष्ट्रपति यादवले पुनर्बहाली गरेसँगै उनी सेनाको नेतृत्वमा आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij