
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलसहितको संयुक्त बैठक जारी रहेको छ । बिहीबार अपराह्नदेखि रास्वपाको केन्द्रीय कार्यालयमा बैठक जारी रहेको हो ।
बैठकमा केन्द्रीय समितिका सदस्यहरु, सांसद र मन्त्रीसमेतको उपस्थिति रहेको छ । प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा सरकारको विषयका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने जनाएको छ । सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक नभएपछि रास्वपाले असन्तुष्टि जनाएको छ ।
त्यसलगतै केन्द्रीय समिति बैठकले अब सरकारमै रहिरहने या बाहिरिने भन्नेबारे आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोही अनुसार अनुमोदन गर्ने तयारी भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij