
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । जापान सरकारले किर्तिपुरस्थित आँखा अस्पताललाई करिब एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो सहयोग प्रदान गरिएको हो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले किर्तिपुरस्थित सो अस्पताल परिसरमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्री रेटिना परीक्षण यन्त्र लगायतका आँखा उपचारमा प्रयोग गरिनेछ ।
सो अवसरमा राजदूत युताकाले हस्तान्तरित सामग्रीले आँखाको रोग छिटो र प्रभावकारी रूपले पत्ता लगाउन सहयोग पुग्ने आशा व्यक्त गरे ।
नेपाल नेत्रज्योति सङ्घले २०७२ सालमा स्थापना गरेको यस अस्पताल २०७४ मा कीर्तिपुर आँखा उपचार केन्द्रका रुपमा स्तरोन्नति भएको थियो । अस्पतालले हालसम्म सात हजार जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij