
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका–५ बसहियाबाट प्रहरीले भन्सार छलेर ल्याएको गहुँ बरामद गरेको छ । स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको १३३ बोरा गहुँ बरामद गरिएको नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
भन्सार छलेर अवैध रूपमा सो गहुँ भारतबाट ल्याएको प्रहरीको आरोप छ । करिब २ लाख मूल्य पर्ने ६ टन ६ क्विन्टल गहुँ महेशपुर भन्सार कार्यालयमा बुझाइने डिएसपी पाण्डेयले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij