
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । जिल्ला प्रहरीले कार्यालय कैलालीका अनुसार मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेको हो ।
गम्भीर घाइते लगनीदेवीको उपचारको क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जनाएको छ ।
वृद्धभत्ताको रकम नदिएको भन्दै श्रीरामले आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij