
Jun 10 2025 | २०८२, जेठ २७ गते
पोखराका व्यवसायी सौरभ थापाले चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । मदिरा सेवन गरेर गाडी चलाएका थापाले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिदिएका हुन् ।
पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि प्रहरी हवल्दार चित्रबहादुर वली लगायत चेकिङमा बसेका थिए । एक प्रहरी अधिकृतका अनुसार थापालाई प्रहरी हवल्दार वलीले रोक्न खोज्दा पनि नरोकी छलेर गाडी कुदाइएको थियो ।
भागेका थापा फर्केर आउँदा फेरी प्रहरीले रोक्न खोजेको र गाडीको ढोकाले ठक्कर दिएर हात भाँचिदिएको ती अधिकृतले बताए । प्रहरीमाथि आक्रमण गर्न खोजेका थापालाई प्रहरीले पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थपेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij