
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन् । आइतबार बिहान उनले एक भिडियो पोस्ट गर्दै नेपाल रहेको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा हेलो नेपाल भनेर आइतबार बिहान उनले भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन् ।
शनिबार बिहान उनी काठमाडौं आएकी हुन् । साँझ एक कार्यक्रममा सहभागी हुँदै सन्नीले 'आई लव नेपाल' भन्दै नेपाली प्रशंसकहरुलाई सम्बोधन पनि गरेकी थिइन् । यस अगाडि सन्नी नेपाली फिल्म ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij