Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

खैरो हेरोइनसहित एक जना पक्राउ

खैरो हेरोइनसहित एक जना पक्राउ

  • काठमाडौँ । लागुऔषध खैरो हेरोइन सहित कैलालीको लम्कीचुहाबाट एक जना पक्राउ परेका छन् । प्रहरीले लम्कीचुहा नगरपालिका–३ चिसापानी घर भएका ४० वर्षीय विजय मल्ललाई पक्राउ गरेको छ । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय लम्कीचुहाका इन्स्पेक्टर शङ्कर खड्काले आरोपीको साथबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको बताए । उनलाई लम्कीचुहा नगरपालिका–१ स्थित राजपुर स्थित लम्की–टिकापुर सडक खण्डबाट इन्स्पेक्टर खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

    images

    चेकजाँच गर्ने क्रममा उनको साथबाट खैरो हेरोइन भेटिएको थियो । उनीमाथि लागु औषध मुद्दामा अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij