
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौँ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । बाँके प्रहरीले नरैनापुर गाउँपालिका-६ सोनवर्षा बस्ने ३५ वर्षीय राम प्रसाद बर्मालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई सोनवर्षा गाउँस्थित बारीमा बर्माले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गंगापुर ‘क’ र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij