
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौँ । वीरगञ्जमा गुणस्तरहीन मोबिल बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका– ३ छपकैया बस्ने ३५ वर्षीय शेष आविद अली र वीरगञ्ज–१७ अलौं बस्ने २३ वर्षीय शेख कौशललाई पक्राउ गरेको हो ।
वीरगञ्ज–३ छपकैया स्थित समसुन ट्रेडर्सका सञ्चालक हुन् । सोमबार प्रहरीले समसुन ट्रेडर्समा छापमारी लेबल मेटेर बिक्रीको लागि लगिरहेको तथा भण्डारण गरी राखिएको मोबिल तथा अन्य सामाग्रीहरू बरामद गरेको थियो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाका अनुसार ट्रेडर्सबाट विभिन्न नाम र तौलमा प्याकिङ गरेको मोबिल १ हजार ५० लिटर, एसएनटी प्रिमियम ब्रेक आयल २ सय एमएल लेखिएको, तौल उल्लेख नभएको ४५ वटा डिब्बा, ब्याट्री वाटर ५ लिटरको ग्यालेन २ थान, डिष्टिल्ड वाटर १ लिटरको १० थान, सेतो रंगको पदार्थ प्याकिङ गरि राखिएको १ लिटरको बोत्तल ५५ थान बरामद गरिएको हो ।
पर्सा जिल्ला अदालतबाट कालो बजारी कसूरमा ७ दिनको म्याद अनुुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij