
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौँ । मोरङमा सवारी लाइसेन्सको ट्रायलमा नक्कली परिक्षार्थी सहभागी भएपछि प्रहरीले पक्राउ गरेको छ । अर्कैको नाममा ड्राइभिङ लाइसेन्सको ट्रायल परिक्षा दिने र दिन लगाउने दुबैलाई पक्राउ गरिएको बताइएको छ ।
प्रहरीले सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादवलाई पक्राउ गरेको हो । सुन्दरहरैंचा नगरपालिका ५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
यादवले षडानन्द महतोको नाममा मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरीचौकी गछियाबाट खटिएको टोलीले फेला पारेको हो । प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij