
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुईजना सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका ३९ वर्षीय गोरे तामाङ र सन्तोष तामाङ रहेका छन् ।
निकुन्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट पासो र गुलेलीसहित उनीहरुलाई चौरीखर्क रेन्जपोष्टको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई थान गुलेली,वन्यजन्तु मार्नका लागि बाँसबाट बनाइएको पासो ५ थान, खुकरी दुई थान, पासोको लागि बनाएको लठ्ठी ५ थान जफत गरिएको छ ।
उनीहरुलाई बुंगा खोला पावर हाउस नजिकबाट पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज पाण्डेले जानकारी दिए । थप अनुसन्धान भइरहेको सगरामाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij