
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीहरु पक्राउ परेका छन् । माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ गइरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।
अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij