Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

लक्ष्मी लघुवित्तको लाभांश घोषणा

लक्ष्मी लघुवित्तको लाभांश घोषणा

  • काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशतका दरले ७ करोड ६८ लाख १० हजार रुपैयाँ बराबरको लाभांस वितरण गर्ने भएको हो ।

    images
    images
    images

    लघुवित्तको १५५औं सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय भएको हो । ५ प्रतिशतका दरले हुन आउने १ करोड ९२ लाखभन्दा बढी रकम (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

    त्यस्तै १५ प्रतिशतका दरले हुन आउने ५ करोड ७६ लाखभन्दा बढीको बोनस सेयर वितरण गर्नेछ । प्रस्तावित लाभांश सञ्चालक समितिको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij