
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन् । काठमाडौंमा शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारीको उपस्थितिमा शर्मालाई दलको नेता चयन गरिएको हो ।
लोसपामा दलका नेता बन्ने प्रतिस्पर्धामा जीतेन्द्र सोनललाई किनारा लगाउँदै शर्मा दलका नेता बनेका हुन् । शर्माले प्रदेशसभा चुनावमा जसपाका दीपेन्द्र झालाई पराजित गरेका थिए । मधेस प्रदेशमा लोसपाका ९ जना सांसद छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij