Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

जनकपुरलाई १६८ रनको लक्ष्य

जनकपुरलाई १६८ रनको लक्ष्य

  • काठमाडौं । नेपाल टी २० लिगको दोस्रो क्वालिफायरमा विराटनगर सुपर किङ्ग्सले जनकपुर रोयल्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटगरले चार विकेटको क्षतिमा एक सय ६७ रनको योगफल तयार गर्यो।

    images
    images
    images

    पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै ओपनर गौरान्सु शर्मा र अर्जुन साउदले राम्रो सुरुआत दिलाएका थिए। गौरान्सुले ४१ बलमा दुई–दुई चौका र छक्का प्रहार गर्दै ४२ रनको इनिङ खेले। अजुर्न ३५ रन जोडेर पेभेलियन फर्के।

    यस्तै, हुसेन तलत २१ बलमा ३१ तथा राज ननन १८ बलमा ३३ रन जोडेर पेभेलियन फर्किँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। बलिङतर्फ जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए। शारफुद्दिन असरफ र ललित राजवंशीले एक–एक विकेट लिए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij