Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

  • काठमाडौँ । बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई पक्राउ गरेको छ । तीन महिनादेखि फरार रहेका श्रेष्ठ निजगढ इलाका प्रहरी कार्यालयमा आफैं आइतबार राति आएका थिए ।

    images
    images
    images

    गत असोज १९ गते उनीमाथि छिमेकी किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको थियो । गत असोज २५ गते पीडित किशोरीले  इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले आरोपित श्रेष्ठ बाहिर आफूलाई असुरक्षित महसुस गरेर प्रहरीको सम्पर्कमा आएको बताए ।

    images

    आरोपित वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै फरार थिए । पक्राउ परेपछि उनीमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको छ । 

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij