
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौँ । आज राजधानीको भोटेबहालमा आगलागी भएको छ । स्थानीय रवि सुवालको घरमा रहेको देवेन्द्रकुमार गुप्ताको हार्डवेयर गोदाममा बिहान आगलागी भएको हो ।
बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ । काठमाण्डौ महानगरपालिकाको जुद्ध वारुण यन्त्रका दुई वटा दमकल,ललितपुर महानगरपालिकाको एउटा दमकल, केही पानी ट्यान्की प्रयोग गरी आगो नियन्त्रण गरिएको थियो ।
सो आगलागीमा कुनै मानवीय क्षति नभएको बताइएको छ । गोदाम साहु गुप्ताले आगलागीबाट गोदाममा रहेको सामान सबै जलेर नष्ट भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij