
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक पुस १७ गतेदेखि एकीकृत कारोबार गर्दै छन् । मंसिर २५ गते सम्पन्न यी बैंकहरुको विशेष साधारण सभाले १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।
एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस ६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो।
पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेशन प्रयोजनार्थ पुस १५ र १६ गते सार्वजनिक बिदाका दिन यी दुबै बैंकहरुले प्रदान गर्दै आइरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij