
Jun 15 2025 | २०८२, असार १ गते
ललितपुर । सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै यादवलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनीहरूलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय हुँदा उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए । २०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतले सफाई दिएसँगै उनको बढुवा भएको थियो । सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij