
May 13 2025 | २०८२, वैशाख ३० गते
ललितपुर । लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । आज छापावाल सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बिहीबार भने सुनको मूल्य तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij