
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौँ । भेष्पा अप्रिलियाको नेपालस्थित आधिकारिक बिक्रेताले काठमाडौंको बौद्ध, पिपलबोटमा नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ ।
कम्पनीले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट र भरपर्दो बिक्री पछिको सेवा उपलब्ध गराउने उद्देश्यसहित यो अत्याधुनिक सुविधा सुरु गरेको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका स्कुटरधारकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।”
पूर्ण–सुविधासम्पन्न नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र दक्ष प्राविधिक उपलब्ध छन्, जसले स्कुटर मर्मत र सेवा प्रक्रियालाई अझ प्रभावकारी र छिटो बनाउनेछन् ।
ग्राहकहरूले अब स्पेयर पाट्र्स, नियमित सर्भिस र मर्मत सबै सुविधा एउटै छानामुनि पाउने व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij