
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । सुनसरी झुम्का कारागारका एक बन्दीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि कारागार चलान भएका भोजपुर हतुवागढीका २८ वर्षे विकास राईको मृत्यु भएको हो ।
विकास मंगलबार रातिदेखि नै बिरामी थिए । बुधबार बिहानै कारागारकै स्वास्थ्य टोलीले स्वास्थ्य चेकजाँच गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । त्यही उपचारका क्रममा मृत्यु भएको जेलर सुवास लामिछानेले बताए ।
उनका अनुसार विकासमा लागूऔषध सेवनकै कारण त्यसको असरले गर्दा बेलाबखत बिरामी हुने गर्थे । उनी २०८१ चैत २६ गतेदेखि झुम्का कारागारमा थिए ।
झुम्का कारागार पूर्वकै सबैभन्दा बढी क्षमताको भएकाले र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको सहजताले गर्दा पहाडी जिल्लाका बिरामी कैदीबन्दी बढी मात्रमा झुम्का नै स्थानान्तरण गरिन्छ । जसले गर्दा यहाँ बग्रेल्ती बिरामी कैदीबन्दी छन् ।
यकिन संख्या नभए पनि तीन सय हाराहारी दीर्घ रोगी कैदीबन्दी छन् । अहिले झुम्का कारागारको ब्लक नं. ‘ए’ र ‘बि’ गरेर एक हजार सात सय ९८ जना छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij