Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

आगो ताप्ने क्रममा एक महिलाको मृत्यु

आगो ताप्ने क्रममा एक महिलाको मृत्यु

  • काठमाडौँ । सर्लाहीमा आगो ताप्ने क्रममा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकारामकी श्रीमती गोरीमाया जनाइएको छ । बुधबार साँझ आगोले शरीरका विभिन्न भाग जलेर उनी गम्भीर घाइते भएकी थिइन् । 

    images
    images
    images

    गम्भीर घाइते उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले श्रीमान शौचालय गएका बेला गोरीमायाले लगाएको कपडाबाट शरीरमा अचानक आगो सल्किएको जानकारी दिएका छन् ।

    images

    उनलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगीएको उनले बताए । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij