
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने माग गर्दै स्थानीयले काठमाडौँ महानगरपालिका कार्यालयमा प्रदर्शन गरेको छ । सुकुम्बासीको व्यवस्थापनका लागि सर्वसाधारणले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिका संयोजक नन्दवीर महर्जनले सुकुम्बासी व्यवस्थापन गर्न सरकारलगायत स्थानीयवासी सबै मिलेर गर्नुपर्ने बताए । सामाजिक अभियान्ता मनिष मानवले बागमती खोलाको किनारमा रहेको सुकुम्बासीको सही व्यवस्थापन लागि महानगरसँग एकबद्धता रहेको बताए । उनले वास्तविक र नक्कली सुकुम्बासीको पहिचान हुनुपर्ने विषयमा जोड दिए ।
त्यसका साथै उनले केही दिनअघि नगर प्रहरीमाथि गरिएको हिंसात्मक व्यवहारलाई अपराधपूर्ण रहेको बताए । ज्ञापनपत्र बुझाएअनुसार महानगरबाट सकरात्मक प्रतिक्रिया आएको उनले जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij