
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौं स्कुल अफ लका विद्यार्थीले शान्तिपूर्ण र्याली निकालेका छन् ।
क्रियाकलाप विभागको आयोजनामा गरिएको सो र्याली नयाँ बानेश्वरबाट सुरु भएर माइतीघर आएर टुङ्गिएको छ । र्यालीमा कलेजका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ । यो वर्ष पनि देशैभर ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासिहत यो कार्यक्रम भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij