
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । अव्यवस्थित र अनावश्यक तारहरु हटाउने ४५ दिने सूचनालाई सरोकारवालाहरुले वेवास्ता गरिएको भन्दै विधुत प्राधिकरणले ताकेता गरेको छ । प्राधिकरणले सुचना जारी गरेको ३० दिन पुग्दा पनि सो सूचनाको सहि कार्यान्वयन नभएको जनाउँदै प्राधिकरणले आजबाट थप १५ दिनभित्र तारहरू हटाइसक्न अर्को सूचना जारी गरेको हो ।
गत कार्तिक १५ गते प्रयोगमा नआएका केबल र अव्यवस्थित उपकरणहरु ४५ दिनभित्र व्यवस्थित गर्न प्राधिकरणले सूचना जारी गरेको थियो । सोही सुचनाअनुसार इन्टरनेट सेवाप्रदायकहरूले पोलमा रहेका अव्यवस्थित तारहरु हटाएतापनि सो कार्य प्रभावकारी नभएको प्राधिकरणको भनाई रहेको छ ।
हालसम्म उक्त सूचनाको कार्यान्वयनमा उल्लेखनीय प्रगति नदेखिएले निर्धारित समयावधिभित्र उक्त कार्य सम्पन्न गर्न सम्बन्धित सेवा प्रदायक संस्थाहरूलाई अनुरोधसमेत गरिएको छ । तोकिएको समयमा सो सूचनाअनुसार कार्यान्वयन नभए सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू प्रचलित कानुन बमोजिम प्राधिकरण आफैले हटाउने चेतावनी समेत दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij