Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

उपत्यका प्रहरी कार्यालय प्रमुखमा दिवेश लोहनी

उपत्यका प्रहरी कार्यालय प्रमुखमा दिवेश लोहनी

  • काठमाडौँ । उपत्यका प्रहरी कार्यालय प्रमुखमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिवेश लोहनीलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने गरी बुधवार उनलाई काज सरुवा गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले बताए ।

    images
    images
    images

    एआईजी लोहनी प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमान्ड गर्दै आएको छ । रवीन्द्र बहादुर धानुकले अवकाश पाएसँगै उपत्यका प्रहरी कार्यालयमा एआईजीको पद रिक्त छ ।

    images

    अहिले नेपाल प्रहरीमा ४ वटा एआईजीको दरबन्दी रिक्त छ । गृह मन्त्रालयले एआईजीको बढुवा गर्ने तयारी गरिरहेको छ । जसका लागि करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij