
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । झापाबाट अवैध लागु औषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीया रजिया आलम रहेका छन् ।
प्रहरीले मेचीनगर नगरपालिका–१० धुलाबारी बजारबाट ब्राउन सुगरसहित रजियालाई सोमबार राति पक्राउ गरेको जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij