
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ भगवतीस्थानस्थित सडकमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बा.९ च ३३८२ नम्बरको कार र प्र-१-०२-००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन् ।
मृत्यु हुनेमा खोटाङ घर भई काठमाडौंको कपनस्थित मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरे रहेका छन् । गम्भीर घाइते भएका घिमिरेको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले दुबै सवारी साधन र कार चालकलाई नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij