
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महंगो भएको भन्दै ट्याक्सी चालकहरु आन्दोलन गरेका छन् । मंगलबार बिहान उनीहरुले विमानस्थलको आगमन गेट अगाडि प्रदर्शन गरेका छन् ।
आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको विमानस्थलको जग्गामा पार्किङ गरेबापत महंगो शुल्क तिर्नु परेको सवारी साधनका धनीहरुको गुनासो रहेको छ ।
पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले एकैचोटी ८० रुपैयाँ पुर्याइएको र १०० रुपैयाँ पुर्याउने धम्कीसमेत दिइएको भन्दै ट्याक्सी चालकहरु गेट अगाडि नै बसेर प्रदर्शन गरेका छन् । जिफन्टसँग आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रदर्शनको नेतृत्व गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij