Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

    images
    images
    images

    आइतबार प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन आज ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसैगरी यसअघि प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज ९७ हजार रुपैयाँ रहेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदी आज एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij