
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । झापामा लागुऔषध ब्राउन सुगरसहित चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती गाउँपालिका-१ निवासी ३२ वर्षीय अर्जुन तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई मेचीनगरबाट ७ बाट ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । आवश्यक कारवाहीका लागि चारैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij