
May 13 2025 | २०८२, वैशाख ३० गते
ललितपुर । आन्तरिक राजश्व कार्यालय ललितपुरले आफ्नो क्षेत्रमा पर्ने होटल तथा रेष्टुरेण्टको अनुगमन प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाएको छ । होटल तथा रेष्टुरेण्टले कानुन विपरीतको अतिरिक्त शुल्क लिएको उजुरी तथा गुनासो र कर छलीको समस्या देखिएपछि राजश्व कार्यालयले अनुगमन तीब्र बनाएको हो ।
उपभोक्ताको गुनासो तथा उजुरीपछि आफ्नो कार्यक्षेत्रमा पर्ने होटल तथा ठूला रेष्टुरेण्टहरूमा अनुगमनलाई तीब्र बनाइएको आन्तरिक राजश्व कार्यालय ललितपुर १ का प्रमुख कर अधिकृत अर्जुन ढकालले जनाएका छन् । अधिकृत ढकालका अनुसार कर कानुनको उल्लंघन गरेको र मेनु प्राइसमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्तालाई तिराएको उजुरीका आधारमा अनुगमनलाई तीब्र पारिएको हो ।
उपभोक्तालाई बिलबिजक जारी नगर्ने,कारोबार नदेखाई वा कर छली गर्ने कतिपय होटल तथा रेष्टुरेण्टहरू र कम्प्युटर बिलिङको सुविधा लिएका व्यापारिक संस्थाहरूमाथि निगरानी बढाइएको ढकालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij